नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वको छनोटका लागि शनिवार निर्वाचन भइरहेको छ। केन्द्रीय समितिको २३ औँ नेतृत्व छनोटका लागि यस पटक ३२ वर्षको उमेर हद तोकिएको छ।
जसअन्तर्गत यस पटक अध्यक्षका लागि चार जना चुनावी मैदानमा छन्। अध्यक्षसहित ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्यका लागि मतदान चलिरहेको छ । काठमाडौंमै ८ वटा निर्वाचन केन्द्रबाट मतदान चलिरहेको अखिल क्रान्तिकारीले जनाएको छ ।
अध्यक्षमा माओवादी अध्यक्ष पुष्पकमल दाहालको गुटबाट विजयप्रकाश शर्मा सापकोटा, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको गुटबाट उपदेशकुमार यादव, उपमहासचिव वर्षमान पुनको गुटबाट सुदीन पौडेल र अर्का उपमहासचिव जनार्दन शर्माको गुटबाट हेमन्त राई चुनावी प्रतिस्पर्धामा छन् ।
सबै अध्यक्षका उम्मेदवार प्यानलसहित चुनावी मैदानमा छन् । उपाध्यक्षमा २० जना, महासचिवमा ८ जना चुनावी मैदानमा छन्।
तस्बिरमा हेर्नुहोस् (तस्बिरहरूः दिपेश दर्शनधारी)
प्रकाशित: १२ माघ २०८१ १४:१४ शनिबार