राजनीति

हर्कको प्रतिवाद: थोत्रे गाग्रीको भूतले मन्त्रीलाई तर्सायो !

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(हर्क साम्पाङ)ले आफू लक्षित खानेपानी मन्त्री प्रदीप यादवको अभिव्यक्तिको प्रतिवाद गरेका छन्। शुक्रवार फेसबुकमार्फत मेयर साम्पाङले मन्त्री यादवको टिप्पणीको प्रतिवाद गरेका हुन् । 

‘थोत्रे गाग्री भूत छोड्दिया थेँ ।  सिंहदरबारतिर तर्साएको तर्साएकै रैछ ! मन्त्री कराउँदै गर्‍या देखेथेँ !’, साम्पाङले लेखेका छन्। 

मन्त्री यादवले शुक्रवार नै साम्पाङको गतिविधिलाई लक्षित गर्दै ‘ड्रामा’ले खानेपानीको समस्या समाधान नहुने बताएका थिए। 

‘खानेपानी संस्थान थियो नि । उहाँहरूले त हाई ज्याक गर्नु भो। म सक्छु रे ! किन गर्नुभएन ? किन खानेपानी मन्त्रालय गुहार माग्न आउनुभयो ?,’  सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले भनेका थिए,‘सक्षम छौँ भने गर्नुपर्थ्यो नि। त्यस कारण ड्रामा गर्नु अलग कुरा हो, काम गर्नु अलग कुरा हो।’

प्रकाशित: ११ माघ २०८१ १६:२४ शुक्रबार

#Harka Sampang #Pradeep Yadav