राजनीति

सांसद अरुण चौधरीको योग्यता विवादसम्बन्धी रिट सर्वोच्चले गर्‍यो खारेज

सर्वोच्च अदालतले नागरिक उन्मुक्ती पार्टीका सांसद अरुण सांसद चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएको छ।  

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा। मनोजकुमार शर्माको इजलासले उनीविरुद्धको रिट खारेज गरिदिएको हो ।

अधिवक्ता बसन्त जोशीले चौधरी प्रतिनिधिसभा सदस्य बन्न योग्य नभएको भन्दै उनलाई निर्वाचित गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गरेर फेरि निर्वाचन गराउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

चौधरी नागरिक उन्मुक्ती पार्टीको कैलाली–२ बाट निर्वाचित सांसद हुन्।

प्रकाशित: २ माघ २०८१ १८:५६ बुधबार

#Arun chaudary