राजनीति

दाहाल भेट्दै माधव

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्दै छन्।

एकीकृत समाजवादीका नेताहरूका अनुसार नेपालले शुक्रबार (आज) दिउँसो ३ बजे सिंहदरबारमा दाहाललाई भेट्दैछन्।

उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी हुने बताइएको छ। यसअघि बिहीबार पनि उनीहरूबीच भेटवार्ता भएको थियो।

प्रकाशित: २६ पुस २०८१ १४:०५ शुक्रबार

#Madhav nepal #Pushpakamal Dahal