राजनीति

माओवादी केन्द्रीय समिति बैठकमा ८० नेताले राखे धारणा

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अन्तरगत दोस्रो दिनको बैठक सकिएको छ।

आइतबारदेखि राजधानीमा जारी बैठकको दोस्रो दिन सोमबार ८० जनाले आ–आफ्नो धारणा राखेका छन् ।

बोल्नका लागि कुल १८० जनाले नाम टिपाएका थिए। त्यसमध्ये ८० जनाले आ–आफ्नो धारणा राखेका हुन्।

बैठकमा केन्द्रिय सदस्यहरूले अध्यक्षसहित सबै नेता, कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्ने प्रस्ताव राखेका थिए।

बैठक भोलि भोलि बिहान ११ बजेदेखि फेरि सुरु हुने र नेताहरुले धारणा राख्ने क्रम जारी रहनेछ ।  आज बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको थियो ।

प्रकाशित: २२ पुस २०८१ १७:४९ सोमबार

#Mawobadi Center