राजनीति

छातीमा असहज भएको भन्दै अस्पताल भर्ना भए छवि, रवि मानेनन्

सहकारी प्रकरणमा हिरासतमा रहेका पूर्वडिआइजी छविलाल जोशी अस्पताल भर्ना भएका छन्।

चिकित्सककै सल्लाहमा जोशीलाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। जोशीलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हो।

जोशीले आफूलाई छातीमा असहज महसुस भएको बताएका थिए। त्यसपछि भने उनको स्वास्थ्य चेक जाँचका लागि अस्पताल लगिएको थियो। चिकित्सकले अस्पताल भर्ना गर्नुपर्ने सल्लाह दिएका थिए। सोही अनुसार उनलाई अस्पताल भर्ना गरिएको हो। 

यता सोही मुद्दामा उही हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने अस्पताल भर्ना हुन नमानेको प्रहरीले जनाएको छ।

लामिछानेलाई पनि अस्पताल भर्ना हुन चिकित्सकहरूले सुझाव दिएका छन्। लामिछानेको प्रेसर हाइ भएका कारण अस्पताल भर्ना हुन भनिएको थियो। तर रविले भने अस्पताल भर्ना हुन इन्कार गरेका छन्। 

प्रकाशित: २८ मंसिर २०८१ १४:२० शुक्रबार

#Rabi Lamechhane #Chabilal Joshi