राजनीति

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक बस्दै, कार्यविभाजनको किचलो टुंग्याइने दाबी

नेताहरुको कार्यविभाजनमा कुरा नमिलेपछि स्थगित भएको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने नेताहरुले बताएका छन्।

आजको बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन टुंग्याउने दाबी गरिएको छ। अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको कार्यविभिाजनका प्रस्तावमा छलफल गरेर निर्णय गर्ने बैठकको तयारी छ । 

गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले अहिलेसम्म नेताहरूको कार्यविभाजन गर्न सकेको छैन।  नेताहरूलाई पद पुर्याउन २४ सदस्यीय स्थायी कमिटीलाई ४१ सदस्यीय बनाउने गृहकार्य भएको छ। पार्टी भित्र नेताको व्यवस्थापन गर्न नेतृत्वलाई सकस भएको देखिन्छ।

प्रकाशित: २८ मंसिर २०८१ ०९:२५ शुक्रबार

#ekikrit_samajbadi