राजनीति

श्रीलंकाका राजदूतमा सिफारिस नेपालीविरुद्ध उजुरी दिन आव्हान

संसद् सचिवालयले श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ। 

संसदीय सुनुवाइ समितिले शुक्रबार सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस भएका नेपालीलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्रमा उजुरी दिन अनुरोध गरेको छ। 

समितिले उजुरी वा सूचना समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन सकिने जनाएको छ।

प्रकाशित: २८ मंसिर २०८१ ०८:५५ शुक्रबार

#Rajdoot