राजनीति

दुई वटा संसदीय समितिको बैठक आज

सोमबार दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ। आज बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ, जहाँ तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुनेछ।

त्यस्तै, दिउँसो एक बजे बस्नेगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल हुने जनाइएको छ। 

प्रकाशित: २४ मंसिर २०८१ ०९:०६ सोमबार

#Sansad #samiti