राजनीति

गृहमन्त्रीलाई साम्पाङको पत्र: मेरोविरुद्ध समाचार लेख्ने पत्रकारलाई कारबाही होस्

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले नक्कली माओवादी बनेर चन्दा असुलेको भनी भ्रामक समाचार लेख्ने विरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेका छन्।

आइतबार मेयर साम्पाङले आफूले नक्कली माओवादी बनेर चन्दा असुलेको भनी भ्रामक समाचार प्रकाशन गरी आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै पत्रकार र प्रकाशन गर्ने मिडियालाई कारबाहीको माग गरेका हुन्।

मेयर साम्पाङले हिमालखबर खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल नामको व्यक्तिले आफू नक्कली माओवादी बनेर चन्दा असुलेको भन्ने भ्रामक समाचार प्रकाशन गरी चरित्र हत्या गर्ने प्रयास गरेको बताएका छन्।

उनले समाचार लेख्ने व्यक्ति र प्रकाशन गर्ने मिडियाको पार्टीगत आबद्धता नहेरी निष्पक्ष रुपमा कारबाही गर्न पनि गृहमन्त्रीलाई आग्रह गरेका छन्। 

प्रकाशित: २३ मंसिर २०८१ १४:२९ आइतबार

#Harka Sampang #Ramesh Lakahk