राजनीति

नेकपा एकीकृत समाजवादीले बोलायो स्थायी कमिटीको बैठक

नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीको बैठक बोलाएको छ। मंसिर अन्तिम साता बस्ने गरि समाजवादीले स्थायी कमिटीको बैठक बोलाएको हो।

महाधिवेशनको लामो समयसम्म पनि नेताहरुको कार्यविभाजन गर्न नसकेको समाजवादीले मंसिर २६ गते दुई दिनका लागि बैठक बोलाएको पार्टीको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। 

उनका अनुसार बैठक मंसिर २६ र २७ गते बस्ने छ। बैठकले  नेताहरूको कार्य विभाजनको टुंगो लगाउन बताइएको छ।

विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोक्ने विषयमा नेतृत्वमा सर्वसम्मती हुन नसक्दा नेताहरुको जिम्मेवारी बाँडफाँट हुन सकेको छैन।

प्रकाशित: २० मंसिर २०८१ १२:५७ बिहीबार

#ekikrit_samajbadi