राजनीति

बिआरआई फ्रेमवर्कभित्र कुन-कुन परियोजना छ ?

नेपाल र चीन बीच बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा बुधबार बिआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको हो।

बीआरआई सहकार्य अन्तर्गत नेपालले १० वटा परियोजना अघि सारेको छ। फ्रेमवर्कभित्र समेटिएका परियोजनामा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग रहेका छन्।

यस्ता छन् बीआरआई सहकार्यका १० परियोजनाहरू:  

१. टोखा–छहरे सुरुङमार्ग।

२. हिल्सा–सिमकोट सडक परियोजना।

३. किमाथांका–खाँदबारी सडक र पुल।

४. जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग।

५. डडेलधुरास्थित अमरगढी सिटी हल।

६. जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन।

७. मदन भण्डारी विश्वविद्यालय।

८. काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम।

९. दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क।

१०. झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स।

प्रकाशित: १९ मंसिर २०८१ १५:२९ बुधबार

#Bri Framework