राजनीति

शहरी विकास मन्त्रालयको सचिवमा सिग्देल

शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त भएका छन्। 

सचिव मणिराम गेलाल उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि शहरी विकास मन्त्रालयमा सचिव पद रिक्त थियो । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई शहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको थियो । 

सोमबार मन्त्रालयमा कर्मचारीहरुले सचिव सिग्देलको स्वागत गरेलगत्तै उनले कार्यभार सम्हालेका छन् । 

उनी यसअघि जल तथा उर्जा आयोगमा सचिव थिए । 

प्रकाशित: १७ मंसिर २०८१ १६:२३ सोमबार

#Gopal Sigdel #शहरी विकास मन्त्रालय