राजनीति

शहीदहरूको सपना पूरा गर्न कांग्रेस प्रतिबद्ध: देउवा

.

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरूका अधुरा सपना पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

सोमबार जनकपुरमा पार्टीका नेता एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्दै उनले सो कुरा बताएका हुन।

२०१७ सालमा 'कु' गरी राजा महेन्द्रले बिपी कोइराला लगायतका नेता, कार्यकर्तालाई जेलमा कोचेपछि ठाकुरले उनीमाथि बम प्रहार गरेका थिए।

सो घटनाको स्मरण गर्दै सभापति देउवाले जनताको अधिकार खोस्ने राजा महेन्द्रविरुद्ध बम हान्ने व्यक्ति ठाकुरले प्रजातन्त्र पुनःप्राप्तीको लडाइमा देखाएको समर्पण सबैका लागि अनुकरणीय रहेको बताए।

पूर्व प्रधानमन्त्री देउवाले जेलमा रहँदा आफूले ठाकुरलाई प्रजातन्त्रका लागि लडाई लड्नुपर्छ भन्ने अथक योद्धाको रुपमा भेटेको स्मरण पनि गराए।

उनले ठाकुरको योगदानको उच्च सम्मान गर्दै पार्टीले उनको पत्नी मञ्जु ठाकुरलाई संविधान सभा सदस्य बनाएको र आगामी दिनमा पनि त्यस्तै अवसर दिने आश्वासन समेत दिए।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले कांग्रेसले आफ्ना शहीदको हितमा सधैँ काम गर्दै आएको दाबी समेत गरे।

प्रकाशित: १० मंसिर २०८१ १८:४७ सोमबार

#Nepali Congress #Former Prime Minister Sher Bahadur Deuba #Arvind Thakur