राजनीति

एमालेलाई हुलाक र इमेलमार्फत पठायो महानगरले जरिवाना पत्र

काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई हुलाकबाट जरिवाना पत्र पठाएको छ।

महानगरपालिकाले सोमबार हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको हो।

आइतबार जरिवानासहितको पत्र लिएर महानगरको टोली एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको थियो।

तर दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै एमालेले पत्र बुझन अस्वकार गरेको थियो।

आइतबार भौतिक रूपमा पत्र नबुझेपछि महानगरले सोमबार इमेल र हुलाकमार्फत पत्र पठाएको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले जानकारी दिए।

उनले भने, 'हिजो उहाँहरुले बुझ्नु भएन। आज हामीले हुलाक र इमेलमार्फत पठाएका छौं।' 

प्रकाशित: १० मंसिर २०८१ १२:०० सोमबार

#uml #Kathmandu Metropolitan City #Mayor Balen Saha