राजनीति

उमेश श्रेष्ठ कांग्रेस कोषाध्यक्ष पदमा मनोनीत

फाइल तस्बिर

उमेश श्रेष्ठ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनीत भएका छन्।

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य उमेश श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको नेपाली कांग्रेस जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित: ९ मंसिर २०८१ १३:४७ आइतबार

#Umesh Shrestha #Nepali Congress