राजनीति

प्रधानमन्त्रीलाई काम होइन, सरकार ढल्दैन भनेर भाषण गर्नुपर्ने बाध्यता छ: विप्लव

<br>

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम नै सरकार ढल्दैन भनेर भाषण गर्ने रहेको टिप्पणी गरेका छन्।

सरकार कुनैपनि बेला ढल्न सक्ने भएकाले प्रधानमन्त्री ओली बचाउमा केन्द्रित हुनुपरेको उनको जिकिर थियो।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार टिक्ने अवस्था नभएकाले मुलुकमा विकास, निर्माणको कामले गति लिन नसकेको पनि बताए।

उनले भ्रष्टहरूले सरकार हटाउने र सत्ता कब्जा गर्ने हर्कत गरिरहेकाले जनतामा आक्रोश र असन्तुष्टि जन्मिएको दाबी समेत गरे।

महासचिव विप्लवले जेलमा रहेका आफ्ना पार्टीका नेता, कार्यकर्तालाई तत्काल रिहा गर्न पनि सरकारलाई दबाब दिए। 

प्रकाशित: ८ मंसिर २०८१ १८:३० शनिबार

#Communist Party of Nepal (CPN) #Netra Bikram Chand 'Biplav'