राजनीति

पूर्वराजा ज्ञानेन्द्र बुद्ध जन्मस्थल लुम्बिनी जाँदै

पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार (मंसिर ७ गते) लुम्बिनी जाने भएका छन्।

बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा लुम्बिनी जान लागेका हुन्।

पूर्व राजा शाहका संवाद सचिव फणिराज पाठकले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनको लुम्बिनी भ्रमणबारे जानकारी दिएका छन्।

प्रकाशित: ६ मंसिर २०८१ १४:५५ बिहीबार

#Gyhandara Saha #Lumbini