राजनीति

२०८४ हाम्रो हो :अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले २०८४ सालको आगामी निर्वाचनमा जनताले माओवादीलाई बहुमत दिई जिताइदिने दाबी गरेका छन्।

पार्टी मध्यपुर थिमि नगर कमिटीले नेपाल सम्वत् १४४५ नयाँ वर्षको अवसरमा बिहीबार भक्तपुरको मध्यपुर थिमिमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले आफूहरू देशव्यापी भ्रमणमा पुग्दा जनताले त्यही भनिरहेको बताए।

आफू नेतृत्वको सरकारको पालामा आफूहरूले जनताको पक्षमा काम गरेको तर त्यो जनतासमक्ष पुग्न नसकेको उनले बताए। सरकारबाट बाहिर गएपछि जनतालाई त्यही कुरा सुनाउन पुगेको र जनताले २०८४ मा माओवादीलाई नै बहुमत जिताएर पठाउने बताएको उनले सुनाए।वर्तमान सरकारले भ्रष्टचारीहरुलाई जोगाउने काम लागिरहेको आरोप लगाए। 

प्रकाशित: १५ कार्तिक २०८१ १७:४९ बिहीबार

#Bhaktapur #Madhyapur thimi #Communist Party of Nepal Unified Maoist #Outgoing Prime Minister Pushpa Kamal Dahal #Nepal Samvat 1445 New Year