राजनीति

यो सरकार पत्रकारहरूबाट आलोचनाको अपेक्षा गर्छ: मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारको आलोचना गर्न पत्रकारहरुलाई आग्रह गरेका छन्।

बुधबार नेपाल पत्रकार महासंघले दसैँ, तिहार, छठ पर्व र नेपाल सम्वत् ११४५ को अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरुलाई सरकारको स्वस्थ आलोचना गर्न आग्रह गरेका हुन।

उनले पत्रकारको आलोचनाले सरकारलाई लोकतान्त्रिक बाटो हिँड्न मद्दत गर्ने बताए। उनले पत्रकारको आलोचनाले मन्त्रीहरुले गलत काम गर्न रोक्ने भन्दै त्यो भुमिका निभाउन पत्रकारहरुलाई आग्रह गरे।उनले सरकारले पत्रकारहरूबाट आलोचनाको अपेक्षा राखेको बताए।आलोचना सुन्ने क्षमता राख्नेले कहिल्यै पनि कमजोर काम नगर्ने उनको भनाई छ।उनले पत्रकारहरूले सरकारको आलोचना गरे सरकार निरंकुशताको बाटो नलाग्ने बताए। 

प्रकाशित: १४ कार्तिक २०८१ १८:११ बुधबार

#Government Spokesperson Prithvi Subba Gurung