राजनीति

राष्ट्रपति समक्ष थारु आयोगको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थारु आयोगले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन।

सोअवसरमा राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम भएको बताए।

थारू समुदाय मूलतः नेपालको तराई क्षेत्रमा युगौं देखि बसोबास गरी आएको र यो समुदायको आफ्नै भाषा,संस्कृति,भेषभूषा, परम्परा, सभ्यता र संस्कार रहेको उनको भनाइ थियो।

“आदिवासी जनजातिका रूपमा रहेको यस समुदायको इतिहास,भाषा,लिपी,संस्कृति, परम्परा,कला,साहित्यका विषयमा अध्ययन गरिनु आवश्यक छ”,उनले भने।

प्रकाशित: २१ आश्विन २०८१ १७:५४ सोमबार

#President Ramchandra Paudel #tharu commission