राजनीति

राष्ट्रसङ्घको महासभामा सहभागिताबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीले दिए जानकारी

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार राष्ट्रपति भवन,शीतल निवासमा भेटवार्ता भएको छ।

भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे ‘रिपोर्टिङ’ भएको छ।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायत सहभागी रहेका थिए।

प्रकाशित: २१ आश्विन २०८१ १७:२५ सोमबार

#President Ramchandra Paudel #Prime Minister Kp Sharma Oli #79th United Nations General Assembly