राजनीति

भ्रातृ संस्थाको महाधिवेशन गराउन कांग्रेसले गठन गर्‍यो केन्द्रीय निर्देशन समिति

नेपाली कांग्रेसले विभिन्न भ्रातृ संगठनहरुको महाधिवेशन गराउन महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।  

केन्द्रीय कार्यसमितिको साउन २३ गतेको निर्णय अनुसार कांग्रेसले नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको हो । महाधिवेशन २०८१ चैत्र मसान्सम्ममा अनिवार्य रुपमा सम्पन्न गर्न गराउन केन्द्रीय समितिले निर्देश गरेको थियो । 

विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्‍याई आवश्यक निर्देशन समेत गर्न सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोेजिम  भ्रातृ संस्थाहरूको महाधिवेशन केन्द्रीय निर्देशन समिति देहाय बमोजिम गठन गरेको कार्यवाहक मुख्य सचिव डा. प्रदिप पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति

१‍. सहमहामन्त्री उमाकान्त चौधरी — संयोजक

२. केन्द्रीय सदस्य पुष्पा भुसाल — सदस्य

३. केन्द्रीय सदस्य रुक्मिणी कोइराला — सदस्य

नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति

१. सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना' — संयोजक

२. केन्द्रीय सदस्य सरिता प्रसाई — सदस्य

३. केन्द्रीय सदस्य जीतजंग बस्नेत — सदस्य

नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति

१. सहमहामन्त्री किशोर सिंह राठौर — संयोजक

२. केन्द्रीय सदस्य राजिव ढुंगाना — सदस्य

३. केन्द्रीय सदस्य प्रतिमा गौतम — सदस्य

प्रकाशित: १६ आश्विन २०८१ १७:१८ बुधबार

#Nepali Congress #Sher Bahadur Deuba