राजनीति

अमेरिका जानु पूर्व प्रधानमन्त्री ओलीले संसद्लाई सम्बोधन गर्ने

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।

आफ्नो अमेरिका भ्रमणबारे संसद्लाई जानकारी दिन ३१ गते सम्बोधन गर्ने कार्य तालिका बनेको उनको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका जादैछन्।

प्रकाशित: २७ भाद्र २०८१ १२:०० बिहीबार

#Prime Minister Kp Sharma Oli