राजनीति

‘तपाईहरुको तीज रमाइलो रहोस्, स्वस्थ्य राम्रो रहोस्, तीजको शुभकामना’

प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन्।उनले हाम्रो देश विभिन्न धर्म, संस्कृति र पर्वले समृद्ध रहेको र विभिन्न पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको विशेष महत्वपूर्ण पर्व भएको उल्लेख गरेका हुन्।

तीजमा चेलीहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व रहेको उनको भनाइ छ। उनले तीज पर्वले हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गर्न सकोस् भन्दै अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे।

उनले समाजिक सञ्जालको फेसबुक पेजमा लेखेका छन् ‘आज देशैभर तीजको रौनक छ। बाल्यकालमा तीजमा आमाहरु, दिदीबहिनीहरू जम्मा भएर रमाएको खूब मन पर्थ्यो। यातायात र सञ्चार साधन नभएको त्यस समयमा दिदीबहिनी भेट हुने अवसर नै तीज मात्र थियो। त्यसबेला तीज सकिएपछि हामी केटाकेटीहरु दशैं आउने दिन गन्न थाल्थ्यौं। तपाईहरुको तीज रमाइलो रहोस्, स्वस्थ्य राम्रो रहोस्,तीजको शुभकामना’  

प्रकाशित: २१ भाद्र २०८१ ०८:४८ शुक्रबार

#KP Sharma Oli #Teej festival #2024