राजनीति

एमसिसीमा सैन्य रणनीति जोडिएको छैन भन्नसक्ने स्थिति अझै छैनः महासचिव गुरुङ

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले एमसिसी परियोजनामा सैन्य रणनीति जोडिएको छैन भन्नसक्ने स्थिति अझै नरहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन  । उनले कतिपय क्षेप्यास्त्रहरु विद्युतबाट चार्ज गर्ने प्रकारको मोडालिटी पनि विकास भएको उल्लेख गर्दै नेपालमा त्यसको सम्भावना रहेकाले यसै भन्न सकिने स्थिति अझै नरहेको बताए ।

 उनले होनुरुल भन्ने समुन्द्री हवाई टापुमा अमेरिकी सेना क्याम्प रहेको र त्यहाँ थुप्रै हातहतियार उत्पादन गर्ने क्रममा एउटा क्षेप्यास्त्र उत्पादन गरेको बताए। उनले सो क्षेप्यास्त्रलाई चार्ज गर्न ४ सय केबी भोल्टेज विद्युत चाहिने बताए । उक्त क्षेप्यास्त्र पानीभित्र पनि लुकाएर राख्ने भएकाले नेपाल सजग हुनुपर्ने बताए ।  

उनले भने,‘‘अहिलेको स्थितिमा विद्युतको प्रयोग त हरेक ठाउँमा भइरहेको छ । प्रयोग गर्दै जाने क्रममा अहिले कतिपय क्षेप्यास्त्रहरु विद्युतबाट चार्ज गर्ने प्रकारको मोडालिटी पनि डेभलप भएको छ । अहिले होनुरुल भन्ने समुन्द्री हवाई टापुमा अमेरिकी सेना क्याम्प त्यहाँ छ । त्यहाँ थुप्रै हातहतियार उत्पादन गर्ने क्रममा एउटा क्षेप्यास्त्र पनि उत्पादन गरेको छ । त्यो क्षेप्यास्त्र चार्ज गर्न ४ सय केबी भोल्टेज कन्टिन्यु चाहिरहन्छ । त्योसँग कति सम्बन्ध छ, छैन थाहा छैन । तर शंका गर्ने ठाउँ हुनसक्छ । त्यो सामान समुन्द्रभित्र लुकाएर राख्छ । फायर गर्ने क्रममा समुन्द्र खोलेर फायर गर्छ । त्यो प्रयोग गर्दैन भनेर भन्न सकिँदैन । त्यसकारण सैन्य रणनीति जोडिएको छैन भनेर भन्न सकिने ठाउँहरु छैन ।’

उनले अहिले नेपालको इतिहासमै राष्ट्रियतामाथिको संकट गम्भीर रुपमा देखिएको उल्लेख गरे ।  

प्रकाशित: १८ भाद्र २०८१ १७:५९ मंगलबार

#CPN (Maoist Center) #Dev Gurung #MCC project