राजनीति

सत्तापक्षलाई दाहालको चुनौती: समिति मात्रै होइन प्रतिपक्ष दलको नेता पनि राख्नुस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लेखा समिति प्रतिपक्ष दललाई नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दाहालले लेखा समिति प्रतिपक्ष दललाई नदिएको भन्दै आक्रोश व्यक्त गर्दै प्रतिपक्ष दलको नेता पनि राख्न चुनौती दिएका हुन्।

उनले भने,'मेरो च्यालेन्ज भयो लेखा समिति मात्रै होइन प्रमुख प्रतिपक्ष दलको नेता पनि आफैँ राखे हुन्छ। हामी हिम्मत र हौसला राख्छौँ। लेखा समिति लगायत सत्तापक्षका सांसदहरुको डर मैले बुझेको छु। प्रतिपक्ष सानो छ तर इमानमा कति सक्षम छ भन्ने पछिल्ला ४० दिनले देखाइसकेका छन्।'

प्रकाशित: ११ भाद्र २०८१ १४:२८ मंगलबार

#puspakamal dahal