राजनीति

टिआरसी विधेयकबारे कार्यदलले तयार पारेको प्रतिवेदन शिर्ष नेतालाई बुझाइँदै

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) मा सहमति जुटाउन गठित कार्यदलले आज शिर्ष नेतालाई प्रतिवेदन बुझाउँदै छ।

यसअघिका बैठकमा सहमति जुटाएर तयार पारिएको प्रतिवेदन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई बुझाइने बताइएको छ।

शिर्ष नेतालाई संयुक्त रुपमा प्रतिवेदन बुझाइसकेपछि शिर्ष नेताहरूबाट सबै विषय टुङ्गिने छ। शिर्ष नेताहरूको सुझावपछि समितिबाट चालु संसदबाटै विधेयक पारित गर्ने बताइएको छ।

प्रकाशित: २३ श्रावण २०८१ ०९:०३ बुधबार

#Sher Badhur Deuwa #KP Sharma Oli #prachanda