राजनीति

नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शीतल निवासमा बिहीबार एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना प्रदेश प्रमुखलाई शपथ गराएका हुन्।

शपथ लिनेमा बाग्मतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशी रहेका छन्।  

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका देवकोटा, रोल्पाका मगर र बझाङका जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

प्रकाशित: १७ श्रावण २०८१ १७:४४ बिहीबार

#Ramchandra Poudel #Head of State