राजनीति

प्रधानमन्त्रीले भने: धरहरा काठमाडौं महानगरको होइन्,आम्दानीको स्रोत बनाउन सकिन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग धरहराको पार्किङ कुनै पालिका विशेषको नभएको बताएका छन्।

मंगलबार मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै ओलीले धरहराको पार्किङ कुनै पालिका विशेषको नभएको र त्यसलाई आम्दानीको स्रोत बनाउन सकिने बताएका हुन्।

उनले भनेका छन्,'धरहराको पार्किङ कुनै पालिका विशेषको होइन। त्यसलाई आम्दानीको स्रोत बनाउन सकिन्छ।'

ओलीले सय दिनका लागि हरेक मन्त्रालयलाई योजना बनाउन निर्देशन दिएका छन्।

प्रकाशित: १५ श्रावण २०८१ १५:४४ मंगलबार

#Prime Minister Kp Sharma Oli #Kathmandu Metropolitan City