सरकारले प्रधानमन्त्री कार्यालयका सचिव निमित्त मुख्यसचिव लिला देवी गडतौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिएको छ।
सोमवार केपी शर्मा ओली नेतृत्वको सरकारको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको पनि सञ्चार मन्त्री गुरुङले जानकारी दिएका छिन ।
उनले भने, नेपाल सरकारको प्रवक्तामा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई नियुक्त गर्ने । प्रधानमन्त्री कार्यालयका सचिव, निमित्त मुख्य सचिव श्री लिला देवी गडतौलालाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरिएको छ ।
मन्त्री परिषद् बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित परिवारलाई दोस्रो र तेस्रो किस्ताबापतको रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
प्रकाशित: ३१ असार २०८१ २०:२९ सोमबार