राजनीति

रास्वपाले भन्यो: नवनियुक्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले नवनियुक्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग गरेको छ।

सोमबार प्रतिनिधि सभामा बोल्दै सांसद सोबिता गौतमले नवनियुक्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने बताएकी हुन्।

उनले भनिन्  ‘सुशासनका मुद्दामा हामी सरकारलाई सहयोग गर्न चाहन्छौं। प्रारम्भमै सरकारबाट हामी के अपेक्षा गर्छौं भने, मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनुस्। यो नियमअनुरूप नै हामीले गर्नुपर्ने हुन्छ, त्यसकारण मन्त्रीहरूबाट अपेक्षा गर्छु।’

शुक्रबार २१ जना मन्त्रीहरूले शपथ लिएर पदभार ग्रहण गरेका छन्।

प्रकाशित: ३१ असार २०८१ १८:१७ सोमबार

#Sobita Gautam #RSP-Rastriya Swatantra Party