राजनीति

प्रधानमन्त्री दाहालले लिए सिमलताल दुर्घटनाको पछिल्लो जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहालले सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका छन्। 

आइतबार बिहान  तीन वटा सुरक्षा अङ्गका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा भेटेर प्रधानमन्त्री दाहालले सिमलताल बस दुर्घटनाको पछिल्लो जानकारी लिएका हुन्।

दाहालले पछिल्लो अवस्थाको जानकारी लिनुका साथै सबै उपायहरूको अवलम्बन गरी खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद समेत दिएका छन्।

त्यस्तै प्रधानमन्त्री दाहालले सुरक्षा निकायले अविचलित र अभिछिन्न रुपमा जनताको सेवामा लागि पर्न पनि आग्रह गरेका छन्।

प्रकाशित: ३० असार २०८१ १३:१७ आइतबार

#puspakamal dahal #Simaltal bus accident