राजनीति

गृहमन्त्रीलाई बर्तौलाको चुनौती: धम्की मात्र होइन्, कुन फाइल कसरी खोल्ने हो खोल्नुस्

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्न चुनौती दिएका छन्।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले गृहमन्त्री लामिछानेलाई फाइल खोल्ने धम्की मात्र नभएर खोल्न पनि चुनौती दिएका हुन्।

उनले भने,'मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ। कुन फाइल कसरी खोल्नुपर्ने हो? यो सदनमा हामी माग गर्न चाहन्छौँ, जति दिन तपाईँहरू पदमा रहनुहुन्छ, खोल्नुहोस्। माग गर्न चाहन्छु कुन–कुन फाइल कसरी खोल्नुपर्ने हो? तपाईहरुले धम्की मात्रै दिएर पुग्छ? यो संसदको हार्डडिस्कमा मात्रै सुरक्षित छैन। हाम्रा दिमागमा पनि सुरक्षित छ। तपाईँले आज खोल्छु भनेका फाइल किन खोल्नुभएन? भोलि राष्ट्रिय सरकार बनेपछि ती सूचना तपाईँले दिनुपर्छ।’ 

प्रकाशित: २४ असार २०८१ १२:४८ सोमबार

#Rabi Lamichhane #Mahesh Bartaula