राजनीति

कर्मचारीको आन्दोलनले प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ

संघीय संसद् सचिवालयका कर्मचारीको लगातारको आन्दोलनका कारण बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन।

प्रतिनिधि सभाका प्रवक्ता एकराम गिरीका अनुसार अहिले कर्मचारी र माग सम्बोधन गर्न बनेको समितिबिच छलफल भइरहेकोले बैठक बस्न ढिलाइ भएको हो।

उनले भने, 'अहिले कर्मचारी र माग सम्बोधन गर्न बनेको समितिबिच छलफल भइरहेको छ। त्यसपछि बैठक सुरु हुन्छ।'

उनीहरूको माग सम्बोधनको विधि तय गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा समिति गठन भएको छ। गठित समितिमा मन्त्री गिरीसँगै संसद्का महासचिव पद्म प्रसाद पाण्डेय र अर्थ सचिव मधु मरासिनीलाई जिम्मा दिइएको छ।

अतिरिक्त समय काम गरेको पारिश्रमिक पाउनु पर्ने लगायत दर्जन माग अघि सार्दै सङ्घीय संसद्का कर्मचारीहरू १२ दिनदेखि आन्दोलनमा छन्।

प्रकाशित: १० असार २०८१ १२:३६ सोमबार

#Parliment #Parliment Meeting