राजनीति

शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाइमा सत्यता छैन: मन्त्री बुढा

शहरी विकास मन्त्री धनबहादुर बुढाले आफ्नो मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाइमा सत्यता नरहेको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो दाबी गरेका हुन। मन्त्री बुढाले योजनाहरूको आवश्यकता र सन्तुलित तवरले मन्त्रालयको बजेट विनियोजनको प्रयास गरिएको जिकिर गरे।

उनले सङ्घीय संसद् भवन, मन्त्री निवास, मुख्यमन्त्री निवास, प्रदेश प्रमुख लगायतका विशेष प्रकृतिका भवन निर्माण गर्नु परेकाले अन्य प्रदेशभन्दा बागमती प्रदेशको बजेट बढी देखिएको पनि स्पष्ट पारे। मन्त्री बुढाले आयोजनाहरूको पूर्व तयारीका लागि ५ लाख भन्दा बढीको बजेट विनियोजन गर्ने बाध्यता आइपरेको पनि बताए।मन्त्री बुढाले आफूले सबै जिल्लामा योजनाहरू पुग्ने गरी बजेटको विनियोजन गरेको दाबी पनि गरे। 

प्रकाशित: ९ असार २०८१ १९:१२ आइतबार

#Budget #Urban Development Minister Dhan Bahadur Budha