राजनीति

नेपालमा कसैले नल्याएको नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउँदैछौँः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले महाधिवेशनबाट पहिलो पटक नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउने बताएका छन्।

नेपाल खेलकुद महासंघ, समाजवादीले ललितपुरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा यसअघि कुनैपनि पार्टीले अगाडि नसारेको नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउन लागेको जिकिर गरे। नेकपा (एकीकृत समाजवादी) सबै क्षेत्रमा अग्र पंक्तिमा उभिन चाहने पार्टी रहेको उनले बताए। उनले पार्टीलाई सबै क्षेत्रमा अग्रपंक्तिमा उभ्याउन सबैको साथ र सहयोग चाहिएको बताए।

उनले भने, ‘अरुले अगाडि नसारेका तर हाम्रो पार्टीले पहिलो पटक नेपाली विशेषताको समाजवादको कार्यक्रम पनि अगाडि सार्न गइरहेको छ। यस अर्थमा पनि हाम्रो पार्टी सबै क्षेत्रमा अग्र पंक्तिमा उभिन चाहन्छ। तपाईंहरुको साथ र सहयोग हामीले सधैँमरी चाहिरहेका छौँ।’

प्रकाशित: ७ असार २०८१ १८:२३ शुक्रबार

#madhab kumar nepal