राजनीति

टीकापुर घटनाका दोषीलाई कानुनअनुसार कारबाही हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद तेजुलाल चौधरीले सोधेको प्रश्नको जवाफमा दिँदै प्रधानमन्त्रीले घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने बताएका हुन्।

उनले भने, 'टिकापुर घटना एउटा दुःखद हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो। घटनाका विषयमा दोषी ठहर भएका हकमा कानुनबमोजिम नै कारबाही हुनेछ।'

उनले कैद माफी पनि कानुनअनुसार नै भएको बताए।

प्रकाशित: ६ असार २०८१ १३:०८ बिहीबार

#puspakamal dahal #Tikapur #Tikapur incident