राजनीति

युवा पुस्तामा निराशा मात्रै छाएको छ: चित्र बहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले युवा पुस्तामा निराशा छाएको बताएका छन्।

बुधबार  प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको छलफलमा माग लिँदै सांसद केसीले यस्तो कुरा बताएका हुन। उनले सदनमा आएका सांसद पनि विद्यार्थी नै भएर आएको भन्दै विद्यार्थी हुँदा नै राष्ट्रियता,लोकतन्त्र र गणतन्त्रको पक्षमा लडेको धारणा पनि राखे।

सांसद केसीले अहिलेका युवा विद्यार्थीहरूमा राजनीतिक,राष्ट्रियता र देशप्रति निराश रहेको बताए। उनले प्रमुख राजनीतिक नेतृत्वले मुलुकमा राजनीति राष्ट्र र जनताको लागि नगरेर आफू र आफ्नो परिवारको लागि राजनीति मात्रै गर्दाको परिणाम अहिले लाखौं लाख युवाहरूले देश छाडेर गइरहेको बताए।

उनले मुलुकको अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको पनि बताए।उनले बजेट नपरेका निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरूले मुख देखाउन जान नसक्ने अवस्था सिर्जना भएको बताए। 

प्रकाशित: ५ असार २०८१ १५:४८ बुधबार

#MP Chitra Bahadur KC #parliament #Parliament building complex #Parliament meeting #National People's Front