राजनीति

राज्यका तीन अंग एक अर्कालाई छल्न लागि परे: सभामुख घिमिरे

विराटनगरमा शनिबार आयोजित कार्यक्रममा सभामुख देवाराज घिरिमेलगायत। तस्बिर: चुमन बस्नेत/ नागरिक

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनै अङ्गले एक अर्कालाई छल्न खोज्दा समस्या निम्तिरहेको बताएका छन्।

शनिबार विराटनगरमा आयोजित प्रचलित कानुनी व्यवस्थाहरूको प्रयोगमा देखिएको समस्या र समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा घिमिरेले तीन वटै अंगले एक अर्कालाई छल्न खोज्दा समस्या निम्तिइरहेको बताएका हुन्।

उनले शक्ति, पृथकीकरणको सिद्धान्त अनुसार तीन वटै अंग एक अर्काको सहयोगी बन्नु पर्नेमा एक अर्कालाई छल्न लागिपर्दा शासन व्यवस्थामै समस्या निम्तिरहेको धारणा राखे।

घिमिरेले भने ‘तीनवटै अंग मिलेर विधिको शाशनपद्दतिलाई प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने हुनु पर्ने तर, कार्यपालिका सम्भव भएसम्म व्यवस्थापिकालाई छलेर जान चाहने, न्यायपालिका सम्भव भएसम्म कार्यपालिका र व्यवस्थापिकाका अधिकारलाई आफूतिर तानेर निर्णय गरेर जान चाहेको छ।

न्यायपालिकाले के निर्णय गर्ने र के नगर्ने भन्ने पनि ध्यान दिन छाडेको घिमिरेले  सुनाए। संसद् कानुन निर्माणमा भन्दा अन्यत्र व्यस्त भइरहेको उनको भनाई थियाे।

कानुन बनाएर संघीयता कार्यान्वयन गर्ने भन्दा संघीयता नै खारेजको कुरा उठ्न थालेको घिमिरेले बताए।

प्रकाशित: १९ जेष्ठ २०८१ १९:४७ शनिबार

कार्यपालिका व्यवस्थापिका र न्यायपालिका एक अर्कालाई छल्न लागिपरेका छन्: सभामुख घिमिरे