राजनीति

कर्णालीमा मन्त्रीपरिषद् विस्तार, माओवादीका परियारले गरे शपथग्रहण

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पहिलो पटक मन्त्रीपरिषद् विस्तर गरेका छन्।

मुख्यमन्त्रीमा नियुक्त भएको दुई साता पछि उनले बुधबार माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन्।

परियारलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको सपथ गराएका छन्। मन्त्री नियुक्त नहुँदा कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक बस्न सकेको थिएन्।

सत्ताको नेतृत्व गरिरहेको एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा मिलेको थिएन्। मंगलबार दुई दलबीच मन्त्रालय भागबण्डाको कुरो मिले पनि सरकारमा कसलाई पठाउने विषयमा दुबै दलबीच विवाद छ।

प्रकाशित: १२ वैशाख २०८१ १४:२६ बुधबार

कर्णाली प्रदेश मुख्यमन्त्री यामलाल कँडेल