राजनीति

नेविसंघको १२ औं महाधिवेशन आगामी पौष मसान्तभित्र (निर्णयसहित)

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो १२ औं महाधिवेशन २०८१ साल पौष मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ।

लामो गुटगत विवादबिच  बिहीबार सम्पन्न केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

यद्यपि महाधिवेशनको मिति र कार्य तालिका भने मातृ पार्टी सँग आवश्यक समन्वय गरी तय गर्ने कार्यदिशा कार्यसम्पादन समितिलाई दिने सर्वसम्मतिले निर्णय गरेको छ।

यस्तै पार्टीसँगको समन्वयमा एक महिनाभित्र कार्यसम्पादन समिति लगायतका विभिन्न समितिहरू गठन गर्ने पनि निर्णयमा उल्लेख छ। 

बैठकले यीसहितका विभिन्न चौबिस वटा निर्णय गरेको छ।

यस्तो छ निर्णय:

 

प्रकाशित: २३ चैत्र २०८० १३:१४ शुक्रबार

नेपाल विद्यार्थी संघ (नेविसंघ)