राजनीति

प्रहरीहरू कसैको भाडा माझेर र कपडा धोएर बस्न सक्दैनन्: गृहमन्त्री

गृहमन्त्री रवि लामिछानेले सुविधा र अधिकारका नाममा नेपाल प्रहरीहरू कसैको भाडा माझेर, कपडा धोएर र अघिपछि हिँडेर बस्न नसक्ने बताएका छन्।

‘अधिकार दुरुपयोग नहोस् भन्ने कुरामा म स्पष्ट छु। कसैले यसलाई प्रतिष्ठाको विषयको विषय बनाउने, कसैले कानुनले दिएको अधिकार भन्दा बाहिर गएर दुरुपयोग गर्न अब पाइँदैन’, उनले भने।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले उठाएको प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन। 

प्रकाशित: १४ चैत्र २०८० १४:२४ बुधबार

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने