राजनीति

देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्।

सभापति देउवाले मंगलबार बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।

मंगलबार अपराह्न ३ बजे सभापति देउवाको निवास बूढानिलकण्ठमा कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ।  

प्रकाशित: २१ फाल्गुन २०८० १४:३० सोमबार

सभापति शेरबहादुर देउवा केन्द्रीय कार्यसम्पादन समिति बैठक