राजनीति

सत्ता गठबन्धन दलका शिर्ष नेताहरूको बैठक बस्दै

फाइल तस्बिर

सत्तारुढ गठबन्धनको बैठक अहिले बस्न लागेको छ। अहिले बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो।

पछिल्लो समय सत्ता गठबन्धनका दलहरूबीच देखिएको परिस्थितिको विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। बैठकमा दलका शिर्ष नेताहरूको उपस्थिति रहने छ।

बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारको विषय, बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ। 

प्रकाशित: २१ फाल्गुन २०८० ०७:२७ सोमबार

सत्तारुढ गठबन्धन बैठक प्रधानमन्त्रीको सरकारी बालुवाटार