राजनीति

काँग्रेस केन्द्रिय कार्यसमितिको बैठक आज पनि

सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैछ।

बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको बैठक तीन दिनसम्म चल्ने बताइएको छ।

आजको बैठक अहिले बिहान ९ बजेबाट शुरु हुनेछ।

बैठकमा बिहीवार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, उपसभापति पूर्णबहादुर खड्काले प्रश्तुत गर्नुभएको राजनीतिक, सांगठनिक र नीतिगत प्रश्तावमाथि छलफल हुनेछ।

प्रकाशित: ४ फाल्गुन २०८० ०८:३४ शुक्रबार

सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रिय कार्यसमिति उपसभापति पूर्णबहादुर खड्का गगनकुमार थापा