राजनीति

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्। 

नेपालले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला ‘क्लिनस्विप’ गरेपछि उनले टोलीलाई बधाई दिएका हुन्।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत तेस्रो खेलमा समेत उत्कृष्ट जित हात पार्दै क्यानडाविरुद्धको एक दिवसीय क्रिकेट शृङ्खलामा क्लिनस्विप गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको क्यानडाविरुद्धको शृङ्खलाको अन्तिम खेलमा नेपाल नौ विकेटले विजयी भएको छ।

प्रकाशित: २९ माघ २०८० १९:१५ सोमबार