राजनीति

नेकपा एमाले संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्दै छ।

शनिवारबाट संसद भवन बानेश्वरमा शुरु भएको बैठकमा भोलिबाट शुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम छ। संसदमा पार्टीका सांसदहरुको भुमिका प्रभावकारी बनाउने बारेमा बारेमा प्रशिक्षण दिइने बताइएको छ।

प्रकाशित: २१ माघ २०८० ०९:३७ आइतबार

प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय दल संसद भवन