राजनीति

रास्वपाको संसदीय दलको बैठक बस्दै, हिउँदे अभिवेशनबारे छलफल हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ।

पार्टी उपसभापति डोलप्रसाद अर्यालका अनुसार संसदीय दलको बैठक आज बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको छ।

संसद्को हिउँदे अधिवेशन माघ २२ गते आह्वान भएको हुँदा अधिवेशनमा कसरी प्रस्तुत हुने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको उनले बताए।

यसैबीच रास्वपाले माघ २१ गतेबाट अलपत्र विकास आयोजनमा दबाब यात्र पनि गर्दैछ। काठमाडौंबाट मेलम्चीको  मुहान अम्बाथानसम्मै पुग्ने दबाब यात्राको थालनी पार्टी सभापति रवि लामिछानेले नै गर्ने रास्वपाले बताएको छ।

प्रकाशित: १९ माघ २०८० ०८:५७ शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दल बैठक उपसभापति डोलप्रसाद अर्याल