राजनीति

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउँदै छ। अहिले बिहान ९ बजे प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाउन लागिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै दुई हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापन पत्र बुझाउन लागिएको ज्ञवालीले बताए।

सुरूआती चरणमा सातै प्रदेशमा विरोध सभा आयोजना गर्न लागेको एमालेले अहिले सङ्कल्प यात्राका क्रममा प्राप्त समस्या सम्बोधनका लागि मात्रै ध्यानाकर्षण गराउन लागेको उनले बताए।

एमालेले माघ १५ गतेभित्र सचिवालय बैठक र माघ मसान्तभित्र केन्द्रीय कमिटीको बैठक राखेर आन्दोलनको कार्ययोजना बनाउने तयारी गरेको छ।

प्रकाशित: ९ माघ २०८० ०२:४२ मंगलबार

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल पुष्पकमल दाहाल ज्ञापन पत्र प्रदीप ज्ञवाली